१२ चैत्र २०७२, शुक्रबार

 

काठमाडौं: नगरकोटको बाँसघारीमा मृत अवस्थामा फेला परेकी धनकुटा घर भइ कपन बस्दै आएकी भेनिसा लिम्बूलाई सामूहिक सेक्स गर्न नमान्दा हत्या भएको तथ्य खुलेको छ।

 

हत्या गरि बाँसघारीमा फ्यालिएकी भेनिसाबारे अनुसन्धान थालेको प्रहरीले ‘सेक्स’ कै कारण उनको ज्यान गएको रहस्य पत्ता लगाएको

 

 

धनकुटा राजारानीकी लिम्बू एकाएक हराएपछि परिवारले उनको खोजीका लागि प्रहरीमा उजुरी दिएका थिए । उजुरी परेपछि खोजतलासका क्रममा १८ वर्षीया भेनिसाको शव फागुन १५ गते बाँसघारीमा फेला परेको थियो ।

 

प्रहरीले भेनिसाको हत्या गरेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरु बौद्धका सनि लामा, सजित लामा र मोरङ पथरीका राजन राई छन् ।

 

हत्यामा संलग्न मध्येका अर्का एकजना भने फरार रहेको प्रहरीले जनाएको छ । ‘मातेका बेला भेनिसाले यौनसम्पर्क गर्न नमानेपछि लाजिम्पाटस्थित एक अपार्टमेन्टको छ तलामाथिबाट फालिदिएको पाइयो’, घटनाबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘अभियुक्तहरुले भेनिसाको शव नगरकोटस्थित बाँसघारीमा लगेर फालेको अवस्थामा भेटिएको थियो ।’

 

प्रहरीका अनुसार अभियुक्तमध्येका राजन र मृतक भेनिसा तीन महिनाअघि फेसबुकमार्फत साथी बनेका थिए । राजनकै संगतमा सनि, सजित र फरार अर्का एक जनासँग भेनिसाको भेट भएको थियो ।

venisha

गत फागुन ८ गते ठमेलस्थित हार्डरक रेष्टुरेन्टमा गएर भेनिसाले वियरसमेत पिएकी थिइन् । राति ११ बजेसम्म मदिरा पिएपछि सनिले भेनिसालाई लाजिम्पाटस्थित अपार्टमेन्टमा पुर्याएका थिए ।

 

अपार्टमेन्टमा पुगेपछि पनि भेनिसा र सनिले एक बोतल बियर खाएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

‘बियरको नशामा भेनिसा र सनिले यौनसम्पर्क गरिसकेपछि अपार्टमेन्ट मालिकले ढोका खोल्न आग्रह गरेको पाइयो’, एसएसपी खनालले भने, ‘सनिले ढोका खोलिदिएपछि मालिकले यौनसम्पर्क गर्न खोज्दा भेनिसा बाथरुममा छिरेकी रहिछन्, बाथरुमा पनि जवर्जस्ती गर्न खोज्दा नमानेपछि उनलाई झ्यालबाट धकेलिदिएपछि उनको मृत्यु भएक अनुसन्धाबाट खुलेको छ।’

 

उनका अनुसार घाइते भेनिसालाई अपार्टमेन्ट मालिकले गाडीमा राखेर अस्पताल लानुको साटा अन्तै घुमाउँदा उपचारको अभावमा ज्यान गएको हो । भेनिसाको ज्यान गएपछि नगरकोटस्थित बाँसघारीमा छोपछाप पारेर अपार्टमेन्ट मालिक फर्किएका अनुसन्धानले पुष्टि गरेको छ ।

 

घटनापछि सनि र राजन भारतको सीतामढीमा लुकेर बसेका थिए । महाशाखाले भारतीय प्रहरीसँगको समन्वयमा उनीहरुलाई नेपाल–भारत सीमा सर्लाहीको त्रिभुवननगरबाट पक्राउ गरेर ल्याएको हो । प्रहरीले अपार्टमेन्ट र फरार व्यक्तिको नाम भने गोप्य राखेको छ ।अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

LIVE TV