
नेपाली समाजमा छोराले मात्रै दागबत्ती दिने चलनलाई ललितपुर उपमहानगरपालिका-४ धोविघाटकी ज्योति बस्नेतले बाबुको दागबत्ती दिएर चुनौती दिएकी छन्। उनले आफ्ना ८० वर्षीय पिता भीमबहादुर बस्नेतको बिहीबार हिन्दु परम्परा अनुसार काजकिरीया समेत बसेर चुनौती दिएकी हुन्।
उनी श्रीमानको घर त्रिदेवीनगर, कोटेश्वरमा आफैँ बाबुको काजकिरीयामा बसेकी छन्। ज्योतिका ८० वर्षीय बाबु भिमबहादुर बस्नेतको बुधबार राति ११ बजे मिनभवनस्थित निजामति कर्मचारी अस्पतालमा उपचार गराउने निधन भएको थियो। उनको पिता लामो समयदेखि निमोनिया र पार्किन्सन रोगका बिरामी थिए।
बागमती किनारमा रहेको विद्युत्तीय शवदाह गृहमा ज्योतिले मृतक बुबालाई मुखाग्नी दिनुअघि हिन्दुधर्म परम्परा अनुसार एउटा छोराले गर्नुपर्ने सम्पूर्ण पक्रिया आफैं पुरा गरेकी थिइन्। उनका बुबा लामो समयदेखि उनीसँगै बस्दै आएका थिए।
छोरा छोरा भनेर दौडिने नेपाली समाजलाई चुनौति दिन र बाँचुन्जेल चासो नदिने अनि मरेपछि किरीया गर्न मात्र जम्मा हुने नेपाली समाजलाई चुनौती दिन आफ्ना स्वर्गीय बुबाको अन्त्येष्टिलगायतका सम्पूर्ण क्रियाकर्म आफैंले गरेको उनले बताइन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।