१२ चैत्र २०७२, शुक्रबार

जनकपुरधाम-तराईका विभिन्न जिल्लाहरुमा हत्यासहितका जघन्य अपराधमा संलग्न भूमिगत सशस्त्र समुह जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका सैन्य कमान्डरसहित सम्पूर्ण सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

माघ २२ गते धनुषाको बालाबाखर निवासी नेपाली कांग्रेसका ५० वर्षीय कार्यकर्ता राजेन्द्र यादवलाई गोली हानि हत्या गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुमाथि यादवको हत्या गरेकै दिन गणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्र बजार बस्ने नसिम राईनलाई गोली हानी गम्भीर घाइते बनाएको सहित दजर्नाै अपराधिक क्रियाकलापमा संलग्न रहेको आरोप रहेको छ ।

पक्राउ पर्नेहरुमा पार्टीका सैन्य कमान्डर पृथ्वी सिंह भनिने कैलाश ठाकुर र उनका सहयोगी कारी भनिने विनोद यादव पनि रहेका छन् ।

GUN

सिरहाको मिर्चैया–६ निवासी कैलाश र उनको गिरोह हत्याबाहेक सिरहास्थित गोपाल पेट्रोल पम्पमा बम विष्फोट, उद्योगपति र पेशाकर्मीलाई धम्की दिइ चन्दा असुली गर्ने, फिरौती माग्ने जस्ता अपराधिक क्रियाकलापमा प्रत्यक्ष संलग्न रहेको आरोप रहेको छ ।

पक्राउ परेका ठाकुर र उनका सहयोगीको साथबाट प्रहरीले १ थान पेस्तोल, म्यागजीन १ थान ७ राउण्ड गोली, २ थान मोबाईल बरामद गरेको छ ।

नेपाली कांग्रेसका कार्यकर्ताको हत्यापछि घटनाको जिम्मेवारी लिएको सो समुहका अन्य सातजनालाई प्रहरीले विभिन्न समयमा समातिसकेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV