१२ चैत्र २०७२, शुक्रबार

काठमाडौं ।  वैशाखदेखि गर्ने भनिएको राष्ट्रव्यापी आन्दोलनको तयारीबारे मधेसी मोर्चाका शीर्ष नेताहरुले दूतावासमै गई भारतीय राजदूत रन्जित रेलाई सम्पूर्ण जानकारी दिएका छन् ।

होली पर्वका अवसरमा राजदूत रेले विहीबार दूतावासमा बोलाएको ब्रेकफास्ट बैठकमा रादजूतको जिज्ञासापछि उनीहरुले त्यसबारे जानकारी दिएका आजको अन्नपूर्णमा समाचार छ ।

madheshi-morcha1-300x164

बैठकमा सहभागी मोर्चाका एक नेताका अनुसार राजदूत रेलाई अवको आन्दोलन राजधानीकेन्द्रीत हुने र पहाडी जनजातिहरुको समेत सहयोगमा ठूलाठूला प्रदर्शन गर्ने योजना र तयारी रहेको जानकारी दिइएको छ ।

राजदूत रेले ‘तपाईहरुले वैशाखदेखि फेसर प्रारम्भ गर्ने भनेको मधेस आन्दोलनको तयारी बारेमा के हुँदैछ ?’ भन्ने प्रश्न गरेको मोर्चाका नेताहरुले बताए । राजदूतले मोर्चाका ११ बुँदे मागबारे सरकारसँग भएको प्रगतिको विवरण पनि चाहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV