१२ चैत्र २०७२, शुक्रबार

काठमाडौं । कांग्रेस नेता कुलबहादुर गुरुङले आफूलाई पार्टीको वरिष्ठ नेता दिने सहमतिपछि तेह्रौ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा प्रस्ताव गरेको बताएका छन् ।

tekba

तेह्रौँ महाधिवेशनपछि बसेको कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठकमा कनिष्टभन्दा पछाडि राखेपछि गुरुङ रुष्ट देखिएको आजको अन्नपूर्णमा समाचार छ । ‘मलाई वरिष्ठ नेता बनाउने सहमतिपछि नेता गुरुङले भने ‘त्यो छिटो कार्यान्वयन हुनेमा म विश्वस्त छु ।’

महाधिवेशनअघि संस्थापनका नेता गुरुङले देउवालाई समर्थन गरी उनलाई सभापतिमा प्रस्ताव गरेका थिए । गुरुङले आफूसहित पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, केन्द्रीय सदस्यहरु विनयध्वज चन्द, लक्षमणप्रसाद घिमिरे र नेता लोकेश ढकाललाई पनि देउवा समूहमा प्रवेश गराएका थिए ।

गुरुङका अनुसार देउवाले केन्द्रीय समितिमा चार सदस्य मनोनित गर्न र वरिष्ठ नेता दिने सहमति गरेका थिए । उनले सहमति अनुसार अब तीनजना मनोनित हुनपर्ने उल्लेख गरे ।

 

LIVE TV