१२ चैत्र २०७२, शुक्रबार

 

काठमाडौं । एकीकृत माओवादीसँग पार्टी एकतालाई लिएर नेकपा क्रान्तिकारी माओवादीमा अध्यक्ष मोहन बैद्य र अर्का नेता रामबहादुर थापा बादलबीच विवाद देखिएको छ ।

केन्द्रीय समिति बैठकमा वैद्य र थापाले अलग अलग प्रतिवेदन पेश गर्ने भएका आजको नागरिक दैनिकमा समाचार छ ।

baidh

अध्यक्ष वैद्यले जनवादी क्रान्ति सम्पन्न नभइसकेको अवस्थामा समाजवादी क्रान्ति गर्ने एमाओवादी अध्यक्ष प्रचण्डको नीतिमा असहमति राख्दै तत्काल पार्टी एकीकरणको विपक्षमा मत राखेका छन् भने थापाले पार्टी एकीकरणपछि मात्रै राजनीतिक कार्यदिशाबारे निर्णय गर्नु पर्ने भन्दै प्रस्ताव ल्याउने भएका छन् ।

केन्द्रीय समिति बैठकमा दुवै प्रतिवेदनमा छलफल हुँदैछ । पार्टी एकीकरणबारे वैैद्य र थापाबाहेक अर्का नेता कुलप्रसाद केसीले पनि नयाँ प्रतिवेदन पेस गर्न सक्ने सम्भावना छ ।

यद्यपि बैठकको मूलय एजेन्डा भने प्रचण्डको नेतृत्वको एमाओवादीसँग तत्काल पार्टी एकीकरण गर्ने कि नगर्ने भन्ने नै रहने केन्द्रीय सदस्य हरिभक्त कँडेलले बताए ।

उनका अनुसार केन्द्रीय सचिवालयले पार्टी एकताका लािग तीनवटा सर्त राखेर वार्ताको जिम्मेवारी अध्यक्ष वैद्य र अर्का नेता बादललाई दिइसकेको छ ।

 

LIVE TV