
काठमाडौं । कपनमा बस्ने भेनिसा लिम्बेको हत्या योनसम्पर्कका लािग राजी नहुँदा भएको खुलेको छ । भेनिसको शव फागुन १४मा नगरकोटको बाँसघारीमा फेलापरेको थियो ।
धनकुटा राजारानीको भेनिसाको हत्या आरोपमा प्रहरीले बौद्धका सनि लामा, सजित लामा र मोरङ पथरीका राजन राईलाई पक्राउ गरेको छ । हत्यामा संलग्नमध्येका अर्का एकजना भने फरार छन् । आजको समाचारपत्र दैनिकमा समाचार छ ।
घटनाबारे जानकारी दिन बिहीबार महाजगरीय प्रहरी अपराध महाशाखा टेकुमा आयोजित पत्रकारसम्मेलनमा महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘यौनसम्पर्क गर्न नमानेपछि भेनिसालाई लाजिम्पाटस्थित एक अपार्टमेन्टको ६ तलामाथिबाट फालेको पाइयो । ‘
अपार्टमेन्ट मालिकले भेनिसालाई झ्याबाट धकेल्दा उनको मृत्यु भएपछि गाडीमा राखेर नगरकोटस्थित बाँसघारीमा फालेको खुलेको प्रहरीले जनाएको छ ।