११ चैत्र २०७२, बिहीबार

मुगु जिल्लामा रहेको रेडियो नेपालको रिले स्टेशनमा तोडफोड भएको छ । रारा गाबिसको रारा तालदेखि दुई घण्टा टाढा मुर्माटपमा रहेको रेडियो नेपालको रिले स्टेशनमा बुधवार राति तोडफोड भएको हो ।

रेडियो नेपालले ६ बर्ष अगाडि रारातालदेखि २ घण्टा टाढा दुरीमा अवस्थित रारा गाबिस ९ मुर्माटपमा स्थापन गरेको ३ सय किलोवाट क्षमताको रिले टावर स्टेशनमा तोडफोड भएको बताइएको छ ।

सौय उर्जाबाट बिहान १० बजे देखि बेलुका ५ बजे सम्म खोल्दै आएको रिले स्टेशनबाट जिल्लाका १५ गाबिस,जुम्लाका ५ गाबिस ,सुदुर पश्चिमका बाजुरा बझाङ्ग र अछामका केही गाबिसका श्रोताले रेडियो सुन्दै आएका थिए । रेडियो नेपालले आफनो रिले टावरको रेखदेखका लागि १ जना चौकिदार राखेको भएपनि चौकिदार बस्ने ब्यबस्था नभएकाले दैनिक बिहान २–२ घण्टा उकालो ओरालो गरि रेडियो खोल्ने र बन्द गर्ने गर्दै अएका थिए । स्टेशन बुधबार रातिनै तोडफोड भएको हुन सक्ने अनुमान गरिए पनि कारण र संलग्न व्यक्तिहरुको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
तोडफोडबाट सोलार ,टा«न्समिटर, ब्याटी« लगाएत अन्य सम्पुर्ण उपकरणमा तोडफोड भएको स्टेशनका चौकीदार गोर्खबहादुर रोकायाले जानकारी दिनुभयो । घटनास्थल जिल्ला सदरमुकामबाट ६ घण्टा टाढा रहेकाले प्रहरी घटना स्थलमा पुगि सकेपछि मात्र थाहा हुने प्रहरीको भनाइ छ । तोडफोडको जानकारी पाउन साथ प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरी टोली बिहीबार दिउस ३ बजे प्रस्थान गरिसकेको प्रहरी निरीक्षक लोकबहादुर जिसीले बताउँनुभयो । रेडियो नेपालको रिले स्टेसन रहेको स्थानमा नेपाल टेलिकमको जिएसम टावर र हेलो नेपालको टावर समेत रहेका छन ।

LIVE TV