११ चैत्र २०७२, बिहीबार

बनेपा,  काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा आज पाँच वर्षीय नाबालक मृत अवस्थामा फेला परेका छन् ।

बुधवारदेखि बेपत्ता भएका सिन्धुपाल्चोकको ठोकर्पाका सिताराम खरेलका पाँच वर्षीय नाबालक सौरभ खरेल पानी जमेको खेतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नविनराज राईले जानकारी दिनुभयो । नाबालक खरेल पाँचखालमा मामाघर आएका थिए ।

प्रहरीले उनको डुबेर मृत्यु भएको हुन सक्ने आशङ्का गरेको छ ।

यसैबीच बनेपाको पुरानो तरकारी बजारनजिकै आज ना३ख २४६० नं टिपरको ठक्करबाट बाटो काट्न लागेका कृष्णमाया कारञ्जित र अनुपम कर्माचार्य घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV