११ चैत्र २०७२, बिहीबार

काठमाडौँ- वागमती सफाई अभियानको १५० औं हप्ताको अवसर पारेर वागमती महोत्सवको आयोना गरिने भएको छ ।

अधिकार सम्पन्न वागमती सभ्यता एकिकृत समितिले विहीवार राजधानीमा पत्रकार सम्मेलन गरी वागमती महोत्सववारे जानकारी दिएको हो ।

राष्ट्रपति विद्या भण्डारीद्धारा उद्घाटन हुने महोत्सव शनिवारवाट दुई दिनसम्म चल्ने समितिले जानकारी दिएको छ ।

महोत्सवमा कविता वाचन, चित्रकला तथा फोटो प्रर्दशनी, विविध सांस्कृतिक कार्यक्रमहरु लगायतका कार्यक्रमहरु हुने समितिले जनाएको छ ।

२०७० साल चैत्र ५ गतेवाट शुरु वागमती सफाई अभियान आउँदो चैत्र १३ गते शनिवार १५० औं हप्तामा प्रवेश गर्ने भएको छ ।

LIVE TV