११ चैत्र २०७२, बिहीबार

काठमाडौँ- मलेसियामा अबैधानिक कामदारको अभियोगमा पक्राउ परेर जेल सजाय पुरा गरेका २१ जना नेपाली बिभिन्न संघसंस्थाको आर्थिक सहयोगमा नेपाल फर्किएका छन् ।

malesiya

अबैधानिक कामदारको अभियोगमा पक्राउ परी जेल सजाय काटिसकेकाहरु घर फर्किन सफल भएका हुन् । मलाका घरफिर्ती केन्द्रमा रहेका ७ जना लगायत अन्य केन्द्रमा रहेका १४ जना गरी कुल २१ जनालाई नेपाल फर्काइएको यहांस्थित नेपाली राजदूतावासले जनाएको छ ।

आर्थिक सहयोग गर्ने संस्था र घर फर्किनेहरुको नाम ठेगाना भने राजदूतावासले खुलाएको छैन् । नेपाल तथा मलेसियाका बिभिन्न संघसंस्थाले गरेको आर्थिक सहयोगबाट एकतर्फी हवाई टिकटको ब्यबस्था गरि उनीहरुलाई नेपाल फकाईएको जनाईएको छ । गत बर्ष देखि अहिले सम्म १५ महिनाको अबधि भित्र जेल सजाए पुरा गरी घरफिर्ती केन्द्रमा रहेका ४ सय ४८ जनालाई यसैगरी स्वदेश फर्काउन आफुहरु सफल भएको राजदूतावाले जनाएको छ ।

अबैधानिक कामदारको हैसियतमा बस्ने पक्राउ परेमा यहांको कानुन बमोजिम तीन महिना जेल सजाए हुन्छ । जेल सजाए पाएकाहरुलाई घरफिर्ती केन्द्रमा सारेपछि एकतर्फी हवाई टिकट काट्न सक्नेहरु तुरुन्त घर फर्किन सक्दछन् ।

आर्थिक अभाबमा हवाई टिकट काट्न नसक्नेहरु लामो समय अलपत्र अबस्थामा बस्नुपर्दछ । घरफिर्ती केन्द्रमा भएका अन्य नेपालीहरुलाई पनि निःशुल्क एकतर्फी हवाई टिकटको ब्यबस्था गर्ने तयारी भैरहेको राजदूतावासले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

LIVE TV