काठमाडौँ- अर्थमन्त्री विष्णु पौडेलले पुसको दोस्रो साता संसदमा पेश गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी बाफिया विधेयक विवादका कारण दुई महिना बितिसक्दा पनि पास हुन सकेको छैन ।
संसदको पूर्ण बैठकले बैक तथा बित्तिय सस्था सम्बन्धि विधेयक अर्थ समितिमा छलफलका लागि पठाएको थियो । तर, विधेयक समितिले गठन गरेको उपसमितिमा सांसदहरु वीचमै बैंकको अध्यक्ष र सीइओको कार्यकाल सम्बन्धी विवाद भएको छ । गत माघ ४ गते गठन भएको उपसमितिले अर्थसमिति समक्ष १५ दिनभित्र प्रतिवेदन पेश गर्न समयावधि तोकिएको थियो । तर, उपसमिति गठन भएको दुई महिना वित्दा पनि अझै प्रतिवेदन तयार हुन सकेको छैन । केही विषयमा सांसदहरुले जोडदारले कुरा उठाए पछि चाँडै निश्कर्षमा पुग्न नसकिएको उपसमितिले जनाएको छ ।
उक्त प्रतिवेदनमा राष्ट्र बैंकले एकै व्यक्ति लामो समय सम्म अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत भएका संस्थाहरुको संस्थागत सुशासनको अवस्था कमजोर रहेको निश्कर्ष निकाल्दै कार्यकाल तोक्ने व्यवस्था गर्न प्रस्ताब गरेको थियो ।