११ चैत्र २०७२, बिहीबार

काठमाडौँ, आगामी वर्षको आर्यावलोकितेश्वर करुणामय सेतो मछिन्द्रनाथको रथयात्रा वैशाख २ देखि ५ गतेसम्म हुने भएको छ ।

seto

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही चैत १५ गते बिहान ८ बजे तीनधारा पाठशालामा सरोकार भएकाहरुको भेलाबाट रथयात्राको मार्गका बारेमा स्थलगत निरीक्षण गरिने कार्यक्रम रहेको जनाएको छ ।
मन्त्रालयले सरोकार भएका निकायसँग आज गरेको छलफलमा रथयात्रा उत्साह एवम् सफलताका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरियो । छलफलमा मन्त्रालयका सचिव प्रेमकुमार राई, प्रजिअ रामकृष्ण सुवेदी, गुठी संस्थानका सहप्रशासक, मछिन्द्रनाथका पुजारी, कामपाका प्रतिनिधि, नेपाल प्रहरी, सडक विभाग, ट्राफिक प्रहरी लगायतका प्रतिनिधिको सहभागिता थियो । रासस

LIVE TV