११ चैत्र २०७२, बिहीबार

काठमाडौँ, युवा सहभागिता मार्फत देश विकास गर्र्ने उद्देश्यले युवा तथा खेलकुद मन्त्रालयले ल्याएको ‘दिगो विकास लक्ष्य’ कार्यक्रम सुरु भएको छ ।

play
नेपालमा पहिलो पटक आयोजना भएको दक्षिण एसियाली क्षेत्रीय सङ्गठन (सार्क)स्तरीय उक्त कार्यक्रमको आज यहाँ युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले उद्घाटन गर्दैै युवा सहभागिता वृद्धि गरी उद्यमशीलता, नेतृत्व विकास मार्फत हल गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा युवाका समस्या, अवसर र चुनौती समान छन्, यहाँको गरिबी र युवा बेरोजगारीलगायत सबै चुनौती समाधान गर्न हामी सँगसँगै अघि बढ्नुपर्छ ।”

मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल लगायतले विकासका कार्यमा युवा जुटेमा समग्र सार्क क्षेत्रको भविष्य उज्ज्वल रहने बताउनुभयो ।
सार्क सचिवालयसँगको सहकार्य तथा संयुक्त राष्ट्र सङ्घ जनसङ्ख्या कोष (युएनएफपिए) को आर्थिक र प्राविधिक सहयोगमा युवा परियोजना सुरु भएको मन्त्रालयले जनाएको छ । सार्क क्षेत्रका आठ देशमा युवा प्रतिनिधिबीच ‘सार्क संवाद’ गराउँदै रोजगारीसहित विविध अवसर सिर्जना गरिने जनाइएको छ । रासस

 

LIVE TV