११ चैत्र २०७२, बिहीबार

काठमाडौँ- नेपालको उर्जा क्षेत्रको विकासमा सरकार आफैं बाधक बनिरहेको उर्जा उत्पादकहरुले गुनासो गरेका छन् । सरकारले उर्जा संकटकाल घोषणा गर्ने तर उर्जा उत्पादनका लागि आवश्यक कार्यन्वयनमा नजाने रबैयाका कारण उर्जा क्षेत्रको विकास हुन नसकेको उनीहरुको गुनासो छ ।

बिहीबार राजधानीमा समृद्धी फउन्डेसनद्धारा आयोजित बेनिफिटस सेयरिङ इन हाइड्रो प्रोजेक्ट इन नेपाल नामक अन्तकृया कार्यक्रममा उर्जा सरोकारवालाहरुले उर्जा उत्पादनमा सरकारले कुनै पहल नगरेको भन्दै गुनासो गरेका हुन । कार्यक्रममा कृषि एवं जलस्रोत समितिका अध्यक्ष तथा सांसद गगन थापाले उर्जा क्षेत्रलाई विकास गर्न उर्जा उत्पादकहरुलाई कसरी उत्साहित बनाउन सकिन्छ भन्ने बारेमा नेपाल सरकारको नीति र नियममा भरपर्ने बताउनुभयो । उँहाले जुनकुनै राजनितिक दल सरकारमा आएपनि उर्जाको क्षेत्रमा पावर सेयरिङको प्रस्ताव नल्याएको आरोप लगाउनुभयो ।

सांसद थापाले उर्जा संकटकाल घोषणा गरेपनि उर्जा विकासका लागि आवश्यक कार्यन्वयनमा ध्यान नदिइएकोमा दुखेसो पोख्नुभयो ।

कार्यक्रममा उर्जा उत्पादनमा लगानीकर्ताहरुले पाउनुपर्ने सरकारी सुविधा र हुन आउने फाइदाका बारेमा चर्चा गरिएको थियो । प्राकृतिक स्रोतहरुको लाभको बाँडफाँडका सन्दर्भमा कस्ता किसिमका सरकारी नीति आवश्यक छ भन्ने बारेमा उर्जा उत्पादकहरुबीच छलफल भएको थियो ।

 

 

 

LIVE TV