११ चैत्र २०७२, बिहीबार

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले एक–अर्काको देशमा बैंकका शाखा स्थापना गर्न बाटो खुलेको छ । आर्थिक कारोबार प्रभावकारी बनाउन नेपालमा चिनियाँ बैँकको शाखा खोल्ने तथा चीनमा पनि नेपाली बैँकका शाखा खोल्ने विषयमा सहमति भएको छ । यसरी हेर्दा नेपालमा चीनियाँ कम्पनीले लगानी भित्रयाउन सक्नेछन् भने नेपालको विभिन्न निर्माण कार्यमा सहयोग गर्न सक्नेछन् ।

pm pm pm

नेपाल, विश्व व्यापार संगठन (डब्लुटिओ)मा प्रवेश गरेपछि विदेशी बैंकका शाखा खोल्न खुल्ला भएको थियो । तर, दुई देशका केन्द्रीय बैंकबीच सूचना आदानप्रदान गर्ने सम्झौता नभएकाले शाखा खोल्न कठिन भएको हो । प्रधानमन्त्रीको भ्रमणका अवसरमा भएको सम्झौतासँगै अब नेपालमा चिनियाँ बैंकका शाखा खोल्ने ढोका खुलेको राष्ट्र बैंकले जनाएको छ । सम्झौतापछि दुवै मुलुकले एकआपसमा बैँकिङ सूचना तथा आपसी सहयोग आदानप्रदान गर्ने प्रतिवद्धता एवम् आवश्यक परामर्शका लागि सहज वातावरण तयार पारेको नेपाल राष्ट्र बैँकको भनाइ छ । डब्लुटीओमा प्रवेश गरेपछि जुनसुकै मुलुकका बैँक तथा वित्तिय संस्थाले शाखा खोल्न सक्ने भएतापनि सूचना आदानप्रदान तथा अन्य व्यवस्था भने नेपाल र चीन को सम्बन्धमा यो, नयाँ हो । हालसम्म विदेशी बैंक सोझै आएर नेपालमा शाखा खोलेका छैनन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७१ को मस्यौदामा विदेशी बैंकका शाखाले नेपाली बजारमा खुद्रा बैंकिङ कारोबार गर्न नपाउने प्रस्ताव गरिएको छ । जसअनुसार विदेशी बैंकका शाखाले सर्वसाधारणसँग निक्षेप उठाउन र कर्जा लगानी गर्न तथा कारोबार गर्न पाउँदैनन् । विदेशी बैंकका प्रतिनिधि वा अन्य कुनै पनि कार्यालयले राष्ट्र बैकले तोकेअनुसार मात्रै काम गर्न पाउने मस्यौदामा उल्लेख छ । त्यसैले पनि नेपालमा चीनको सहयोगले निकै ठूलो राहत मिलेको राष्ट्र बैँकको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV