११ चैत्र २०७२, बिहीबार

सशस्त्र द्धन्द्धको समयमा धौलागिरीबाट  वेपत्ता पारिएकाका  व्यतिहरुको सम्झनमा वेपत्ता परिवारले बाग्लुङमा प्रतीक्षालय निर्माण गरेका छन् । दन्द्वको समयमा राज्य तथा तत्कालीन विद्रोही माओवादीका तर्फबाट वेपत्ता पारिएका धौलागिरीका २७ जनाको सम्झनामा बागलुङको कालीका भगवती मन्दिर परिषरमा प्रतीक्षालय निर्माण गरिएको हो ।

baaglung

करीब ७ लाखको लगानीमा निर्माण गरिएको  प्रतीक्षालयमा  धौलागिरीका २७ जना वेपत्ता व्यतिmको फोटो राखिने निर्माण समितिका संयोजक तथा बेपत्ता परिवार समाजका संयोजक जसोदा शर्माले जानकारी दिनुभयो । प्रतीक्षालय निमार्णका लागी वेपत्ताका परिवारले१ लाख ८२ हजार रुपैयाँ प्रत्यक्ष सकंलन गरेका छन् । यस्तै रेडक्रसको अन्तराष्ट्रिय सस्था आइसीआरसीले २ लाख रुपैयाँ र अन्य संघ संस्थाहरुको सहयोगमा प्रतीक्षालय निमार्ण गरिएको शर्माले जानकारी दिनुभयो।

द्धन्द्वको समयमा बिभिन्न ठाउँ र परिवेशबाट वेपत्ता पारिएका व्यतिmहरुको देशले संबिधान पाइसक्दा समेत अझै कुनै जानकारी पाउँन नसकेपछि आफन्तको सम्झनामा प्रतीक्षालय निर्माण गरिएका वेपत्ता परिवारका आफन्तहरुको भनाइ  छ । राज्यले नै वेपत्ता परिवारहरुलाइ बिर्सन लागेको गुनासो गर्दै उनीहरुले प्रतीक्षालय निमार्ण गरेर अन्तराष्टिय समुदायमा समेत सन्देश दिन चाहेको बताए ।

धौागिरीमा २७ जना बेपत्ता परिवार रहे पनि २६ परिवारले मात्रै सरकारबाट प्राप्त राहात रकम प्रप्त गरेका छन् । उनीहरुले प्रति परिवार ५ लाख रकम बुझिसकेको न्यायको लागि द्धन्द्वापीडित समाज बागलुङले जनााएको छ ।

 

बागलुङको  बोहोरगाउकी सुसिला शर्माका परिवारले भने अझै कुनै क्षेत्रबाट राहात पाउन सकेका छैन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV