
दाङका च्याउ उत्पादक कृषकहरुले च्याउको सुकुटी बनाइ बिक्री गर्न थालेका छन् । तरकारीका लागि ताजा च्याउ मात्रै प्रयोग भैरहेको बेला बहुसरोकारवाला वन कार्यक्रमको सहयोगमा सामुदायिक वनका उपभोक्ताहरुले समूिहक रुपमा व्यवसायिक च्याउ उत्पादन गरि सुकुटी बनाउन थालेका हुन् ।
स्थानीय अम्बे च्याउ उत्पादक कृषक समूहले सोलार प्रविधिबाट च्याउको सुकुटी तयार पार्ने प्रविधि भित्र्याएको हो । अहिले समूहले उत्पादन गरेको च्याउलाई सुकाएर २ हजार रुपियाँ प्रति किलोका दरले बिक्री गर्ने गरिएको समूहका अध्यक्ष ऋषिराम चौधरी बताउनुभयो । जिल्लामा च्याउ खेती धेरैले गर्न थालेपछि नयाँ बजार खोज्ने क्रममा च्याउलाई सुकाएर बिक्री गर्न सुरु गरएको उहाँले बताउनुभयो ।
अहिले च्याउ खेतीबाट एक वर्षमा नै सम्पूर्ण लगानी उठाएर करिब ७५ हजार रुपैयाँ नाफा भएको समूहले जनाएको छ । च्याउको सुकुटीको माग जिल्लाभित्रै अत्यधिक रहेको कृषकहरुले बताएका छन् । यसरी आफ्नो उत्पादनलाई वजारीकरण गर्ने उनीहरुको नयाँ उपायले व्यावसाय पनि फस्टाएको छ ।