११ चैत्र २०७२, बिहीबार

काठमाडौँ-  केही समय यता  प्रतितोला ५५ हजार रुपैयाँभन्दा माथी कारोवार भइरहेको सुन बिहिबार तल झरेको छ ।

GOLD

स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ५४ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा भएको मुल्यको प्रभाव तथा स्थानीय बजारमा सुनको माग घटेसँगै मुल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो समय व्यवसायीहरु सुन बेच्नभन्दा पुराना गहना किन्नमा बढी व्यस्थ भएको समेत उनको भनाइ थियो ।

विहीबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ । बुधारबार प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोवार भएको चाँदी विहीबार १० रुपैयाँले घट्दै ७ सय २५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

LIVE TV