
काठमाडौँ- साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अकंले बढेको छ ।
विहिवार नेप्से परिसुचक ११ दशमलव ६१ अंकले बढेर १ हजार ३ सय ५७ दशमलव १४ अंकमा कारोवार भएको छ ।
बिहीबार नेप्से परिसुचक बढ्नुमा बैंकिङ समुहको विशेष योगदान रहेको छ । सो दिन बैंक समुहको परिसुचक १८ अंकले उकालो लागेको छ । त्यस्तै अन्य समुह २३ दशमलव ४९, होटल समुह ० दशमलव ९९, उत्पादन ० दशमलव २६ अंकले बढेको छ । यता बीमा, जलविद्युत र फाइनान्स समुहको परिसुचक भने ४३ दशमलव ३२,६ दशमलव ३३ र १ दशमलव १२ अंकले ओरालो लागेको छ । बिहीवार १ सय ३१ कम्पनी कारोवारमा आएका थिए । १३ लाख ३५ हजार कित्ता सेयरबाट ८४ करोड ५४ लाखको कारोवार भएको छ ।