११ चैत्र २०७२, बिहीबार

काबुल, अफगानिस्तानका बिभिन्न सहरमा तालिवान सशस्त्र विद्रोहीका बिरुद्धमा अफगान सैनिक र प्रहरीले संयुक्तरुपमा गरेको कारबाहीमा परी कम्तीमा पनि १५ तालिवान लडाकू मारिएका छन् ।

taaliwan
अफगानिस्तानको गृह मन्त्रालयद्धारा बिहीबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिएको समाचारमा जनाइएको छ । उक्त विज्ञप्तिमा तालिवान विरुद्धको कारबाही जारी नै रहेको पनि बताइएको छ ।

सन् २०१४ को अन्त्यबाट नेटो सेनाले अफगानिस्तानबाट विदा लिएको छ । अफगानिस्तानमा जारी तालिवानको द्वन्द्वमा अफगान सुरक्षाबलले नै कारबाही गर्दै आएको छ ।

अफगान संयुक्त सुरक्षा बलको नेतृत्व यहाँको सेनाले गरिरहेको छ । सो सुरक्षा समूहले यहाँ सशक्त कारबाही जारी राखेको बताउँदै आएको छ ।

अफगानिस्तानको विभिन्न प्रान्तमा जारी कारबाहीको क्रममा ती आतङ्ककारीहरु मारिएका बताइएको छ ।

यस कारबाहीको क्रम सरकारबलतर्फ कुनै हताहतीको समाचार भने नभएको जनाइएको छ । सुरक्षाबलले यस कारबाहीको क्रममा भारी मात्रामा हताहतियारसमेत बरामद गरेको बताइएको छ ।

अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भएपछि पनि हिंसा रोकिएको छैन । पछिल्लो समयमा अफगान सैनिक र सर्वसाधारण नागरिकमाथि नै आक्रमणका घटनामा वृद्धि भएको बताइन्छ । रासस÷एपी

 

LIVE TV