११ चैत्र २०७२, बिहीबार

काठमाडौँ- महानगरीय प्रहरी अपराध महाशाखाले एक युवतीको हत्यामा सम्लग्न ३ जनालाई पक्राउ गरेको हो  । एक जना भने फरार रहेका बताएका छन् ।

cccrmi

धनकुटा घर भइ काठमाडौंको कपनमा बस्दै आएकी २० वर्षकी भेनिशा लिम्बुको हत्यामा सम्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका ३ जना काठमाडौं बौद्धका सनि लामा,सजित लामा र मोरङ पथरी घर भइ थलीमा बस्दै आएका राजन राईलाई पक्राउ गरिएको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभएको छ । उनको शव फागुन १४ गते भक्तपुरको नगरकोटमा भेटिएको थियो ।

कसरी भयो हत्या ?

राजन राई र मृतक लिम्बुबीच ३ महिनाअघि मात्र फेसबुकमार्फत चिनजान भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको बताएको छ  । गत फागुन ८ गते दिउँसो बौद्ध गेटमा राजन राई र लिम्बुबीच भेट भएको थियो । भेट हुदाँ उनको हत्यामा सम्लग्न अरु २ जना पनि सँगै  रहेको अनुसन्धानमा खुल्न आएको छ ।

पछि राजनले लिम्बुलाई फोनबाट बोलाएर लाजिम्पाट लगेका थिए । जहाँ उनको साथीको अपार्टमेन्ट थियो। अपार्टमेन्टमा पुग्दा राजन र लिम्बु पुग्दा सनि, सजित र अर्का एक जना पनि कोठामा थिए। उनीहरुले रमाइलो गर्ने नाममा मादक पदार्थ सेवन गरेको डिएसपी दीपक रेग्मीले बताउनुभयो  ।

लिम्बुसहित ५ जना नै नशामा लठ्ठ रहेको खुल्न आएको बताईएको हो  । त्यसपछि राजनसँग लिम्बुले सहमतिमा नै यौनकम्पर्क र पछि बाँकी रहेका ३ जना साथीले पनि यौनसम्पर्क गर्न खोज्दा नमानेपछि लिम्बुको हत्या भएको रेग्मीले बताउनुभयो ।

बाथरुममा धकेलाधकेलको स्थिति भएको थियो तेतिबेला  उनी झ्यालबाट खस्न पुगेको उहाले बताउनुभयो  । त्यसपछि घटनाभएकै दिन उनीहरुले गाडीमा राखेर भक्तपुरमा लगेर राती १ बजेतिर फालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो ।

पक्राउ परेका ३ मध्ये २ जना भारतबाट पक्राउ परेका हुन् । उनीहरुलाई त्यहाँको प्रहरीको समन्वयमा काठमाडौं ल्याइएको छ  । मृतकका आफन्तले भने लिम्बुलाई झ्यालबाट झसालेर मारेको दाबी गरेका छन् । लिम्बुको एउटै खुट्टा २ स्थानमा र कम्मर पनि भाँचिएको बताईएको  छ।

 

LIVE TV