
बलिउड फिल्म बच्चन परिवारका एकै साथ दुई फिल्महरु दर्शकमाझ प्रदर्शन हुने भएको छ । २०१६ को मे मा अमिताभ बच्चनको फिल्म ‘तिन’ र एश्वर्या राय बच्चनको फिल्म ‘सरबजीत’ एकैसाथ बक्स अफिसमा भिड्दैछन् । फिल्म ‘तिन’ र ‘सरबजीत’ २०१६ को २० मे मा दर्शकमाझ प्रस्तुत ह्दैछन् । अमिताभको फिल्म ‘तिन’ लाई सुजाँय घोषले निर्देशन गरेका छन् भने एश्वर्याको फिल्म ‘सरबजीत’ लाई ओमङ्ग कुमारले निर्देशन गरेका हुन। यदि अन्तिम समय सम्म पनि फिल्मको रिलीज मिति परिवर्तन भएनन् भने पहिले दिन बचन परिवारको दुई सदस्यहरुको दुई फिल्मको टिकटहरु आम्ने साम्ने हुनेछ ।
एश्वर्याको फिल्म सरजित भारतीय नागरीकको जीवनमा आधारीत फिल्म रहेको छ , जुन पाकीस्तानी जासुसीको आरोपमा केहि बर्ष जेलमा थुनिएको हुन्छ । जस्मा जेलमा सरजीत माथि हमला हुदा आफ्नो साथिको मृत्यु भएको हुन्छ । फिल्म सरजीतमा रणदीप हुड्डा मुख्य भुमिकामा देखिनेछन् । साथै फिल्ममा ऋचा चढ्डाले सरबजीतको पत्नि र एश्वर्याले सरबजीतको बहिनीको भुमिका निभाएका छन् । त्यस्तै अमिताभ बच्चनको फिल्म तिनमा अमिताभ बच्चनका साथमा नवाजुदिन सिद्धिकी र विद्या बालनको अनुहार देखिनेछन् । यो सन्दर्भमा यी दुबै फिल्मको नाफा र नोक्सान बच्चन परीवारकै हुने देखिएको छ ।