११ चैत्र २०७२, बिहीबार

बोआओ फोरम फर एशियामा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीद्धारा संविधानको स्वागत गर्ने मुलुकहरुप्रति आभार व्यक्त, शान्ति र गरिवी संगसंगै जान नसक्ने

pmm

काठमाडौँ- चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोआओ फोरम फर एशियालाई आज सम्वोधन गर्नुभएको छ । फोरममा सम्वोधन गर्दै उहाँले शान्ति र गरिबी सँगसँगै जान नसक्ने बताउनुभयो ।

एशिया विश्व अर्थतन्त्रको पावरहाउसका रुपमा उदाएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले एशियाको समग्र विकास र उत्थान समावेशीताका आधारमा हुनुपर्ने बताउनुभयो । बजार विस्तार भइरहेको,  उद्योगहरु फस्टाइरहेको, रोजगारी सिर्जना भइरहेको र धेरै एशियनहरु गरिबीबाट बाहिर निस्किएको उहाँले बताउनुभयो ।  यति हुदाँ हुदै पनि अझै एशियाको जनसंख्याको ठूलो हिस्सा गरिबीको चंगुलभित्रै रहेको प्रधानमन्त्री ओलीले भनाई थियो ।

एशियालाई नयाँ दृष्टिकोण र नयाँ आयामहरुका साथ सुनौलो भविष्यतर्फ अघि बढाउन अहिले ठूलो अवसर रहेको भन्दै उहाँले यसका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले एशियाको विकास गर्ने क्रममा कुनै पनि देश र जनसंख्या छुट्नु नहुने उल्लेख गर्नुभयो ।  संवोधनका क्रममा उहाँले नेपालमा हालै जारी संविधानलाई स्वागत र समर्थन गरेकोमा सबै एशियाली मुलुकहरुप्रति आभार व्यक्त गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV