
सुनसरीको इटहरी उपमहानगरपालिका–१९ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त ३२८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई राजमार्गको छेउमा रहेको कलभर्टमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा चितवन नारायणघाट बस्ने अन्दाजी २० वर्षका गौरव राय क्षेत्री रहेका छन् भने एकजनाको नाम थर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका मृतकद्वयको उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याउने क्रममा बाटोमा मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ भने ट्र्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ ।