११ चैत्र २०७२, बिहीबार

बलिउड फिल्म ‘बादशाहो’ मा करीना कपुरले काम नगर्ने बताएकी छिन् । केहि समय अघि ‘बादशाहो’ फिल्ममा अजय देबगनको साथमा करीनाले काम गर्ने समाचार अएको थियो । फिल्म ‘बादशाहो’को बारेमा करीनाले फिल्मको कथाबस्तु मन परेपनि समयको कमीले गर्दा ‘बादशाहो’ फिल्ममा काम नगर्ने बताएकी छिन् । त्यसैले फिल्म ‘बादशाहो’ को लागि अहिले सम्म फैसला गर्न नसकेकी पनि बताईन् ।

ajay-devgan_kareena-kapoor___265546

अहिले पनि करीना कपुरले पटकथामा काम गरीरहेकी छिन् । त्यस्तै फिल्म यहि ‘बादशाहो’ को लागि अर्की नायिका प्रियंकाले काम गर्न सक्ने सम्भावना भएको स्रोतले जानकारी दिएका छन् । पहिले यस फिल्ममा श्रुति हसान र लीसा हेडेनले काम गर्ने कुरा निकै चलेको थियो ।

Kareena

प्रतिक्रिया दिनुहोस्
LIVE TV