
हरेक साता नयाँ नेपाली फिल्महरु रिलीज हुने गर्दछन् । कमेडि बेस फिल्म ‘लालजोडि’ पनि दर्शकमाझ प्रस्तुत हुने भएको छ । फिल्म ‘लालजोडि’का निर्देशक लक्ष्मण सुबेदिका अनुसार फिल्म आउँदो भदौको १७ मा दर्शकमाझ प्रदर्शनमा आउने भएको छ ।
फिल्म ‘लालजोडि’लाई दिलासा सुुबेदिको निर्माणमा लक्ष्मण सुबेदिले निर्देशन गरेका हुन् । ‘लालजोडि’ फिल्ममा मुख्य रुपमा कमेडिका साथै फेमिली बेसका कथाहरुलाई प्राथमिकतामा राखिएको छ । ‘लालजोडि’ फिल्ममा ज्योति काफ्ले,आयुस्मा कार्की, बुद्धि तामाङ,पुरन थापा, गोबिन्द कोईराला,यादब पुडनसैनी,सिपि पौडेल लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । ‘लालजोडि’ फिल्ममा निर्देशक सुबेदिले कमेडि, लभ, तथा फेमिली बेस कथाहरुलाई मिश्रीत रुपमा पर्दामा देखाउन प्रयास गरेका छन् ।