११ चैत्र २०७२, बिहीबार

काठमाडौंको ठमेल स्थित ‘मिथिलायन ग्यालरी’ चलचित्र राहदानीमय भएको छ । यही १२ चैतबाट देशभरी प्रदर्शनीमा आउने यो चलचित्र हेरेर ३५ जना कलाकारले तयार पारेका ३५ थान चित्रहरु सो ग्यालरीमा सोमबारबाट प्रदर्शनीका लागि राखिएको छ । सोमबार बिहान चलचित्र विकाश बोर्डका अध्यक्ष राजकुमार राईले सो प्रदर्शनीको उद्घाटन गरे । चलचित्र राहदानी कलात्मक बनेको र चलचित्र हेरेर कलाकारहरुले बनाउनु भएको चित्रले राहदानी चलचित्रलाई अझ नजिकबाट बुझ्न दर्शकलाई सघाउने भनाई अध्यक्ष राईले कार्यक्रममा राखे, । ‘चित्रहुँदै चलचित्रको विकाश भएकाले चलचित्र र चित्रको आपसी सम्बन्ध रहेको छ । अध्यक्ष राईले राहदानीले दर्शकको मन जित्ने विश्वास आफुले लिएको बताए ।

000012

बैदेशिक रोजगार व्यबसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङले बैदेशिक रोजगारका विभिन्न पक्षलाई राहदानीले उठाएको र चलचित्र हेरेर बनाईएको चित्रले अझ धेरै कुरा कलात्मक रुपमा भनेको धारण राखे । कला समीक्षक रमेश खनालले चलचित्र र चित्रलाई जोड्ने काम राहदानीबाट भएको बताए । उनले प्रदर्शनीमा राखिएको चित्रहरु यथार्थ, अर्धमुर्त र मुर्ध तीन शैलीकै भएको बताए । कलाकार राधेश्याम मुल्मीले राहदानी अहिलेको समाजको युवाहरुको चित्रण भएको र यो चलचित्र हेरेपछि बैदेशिक रोजगारका सकरात्मक र नकरात्मक दुबै पक्ष बुझ्न पाएको जानकारी गराए । राहदानीका निर्माता लक्ष्मीप्रसाद ढकालले यो चलचित्र शुक्रबारबाट मुलुकका ६ दर्जन भन्दा बढी सिनेमा हलबाट आउने जानकारी गराए । यसका निर्देशक डब्बु क्षत्रीले यी चित्रकला बुधबारसम्म ठमेलको मिथिलायन ग्यालरीमा प्रदर्शनीका लागि रहने र त्यसपछि राजधानीका मल्टिप्लेक्स हलमा चलचित्रसँगै चित्रकला प्रदर्शनी गरिने जानकारी गराए ।

0012

प्रदर्शनीमा राखिएका चित्रहरुमा रादहानीका कलाकारहरु दयाहाङ राई, रुपा खनाल, सृजना सुब्बा, असोक रिजाल, नविन लम्साल, मोनिका दाहाल, विकाश जोशी,  शेर्पाको विभिन्न भावलाई ‘पार्टेज’मा उतारिएको छ । चलचित्रका बियोगान्त र सँयोगान्तसँगै नेपाल र मलेशिया लगायतका बाह्य मुलुकको दृष्य र अबस्था पनि चित्रमा रहेको छ । चित्रहरु अग्रज देखि नयाँ पुस्तासम्मका कलाकारहरुले तयार गरेका हुन् । मिथिलायन ग्यालरीमा राखिइको चित्रहरु राधेश्याम मुल्मी, रमेश खनाल, नरेन्द्र बहादुर श्रेष्ठ, प्रदीप अधिकारी, भिम श्रेष्ठ, नर बहादुर बिके, एन बि गुरुङ, सुमन श्रेष्ठ, अजित शाह, लालकाजी लामा, राजन काफ्ले, नारदमणी हार्तमछाली, धनु याख्खा, बिनिता इजमले तयार गरेका हुन् । डिबी भण्डारी, श्यामसुन्दर यादब, मन गुरुङ, डि बराल, संजय बान्तवा, धोर्जे गुरुङ लामा र राहदानीका निर्देशक डब्बु क्षत्री समेतले तयार गरेको चलचित्रहरु प्रदर्शनीमा छन् ।

000001200012001232000000123200001212

 

LIVE TV