काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसँग पार्टीको संसदीय दलको निर्वाचनबारे परामर्श गरेका छन् ।
पौडेल निवास बोहोराटारमा बुधबार भएको भेटमा सभापति देउवा र नेता पौडेलबीच दलको चुनावका साथै केन्द्रीय कार्यसमितिमा पदाधिकारी मनोनयनका विषयमा छलफल भएको हो । कांग्रेसमा उपसभापति, महान्त्री र सहमहामन्त्री १/१ जना मनोनयन गर्नुपर्ने वैधानिक व्यवस्था छ ।
१३ औं महाधिवेशनबाट सभापति पदमा पराजित पौडेललाई भेट्न उनकै निवासमा देउवा पुगेको महाधिवेशनपछि यो दोस्रो हो । यसअघि नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमापौडेलले आयोजना गरेको चियापानमा सहभगी हुन देउवा बोहोराटार पुगेका थिए ।
शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफूलाई सघाउन पौडेललाई आग्रह गरेका थिए । दुबैले संसदीय दलमा इच्छा देखाएपछि सो बिषयमा कुनै सहमति भने हुन सकेन । चैत २३ गते दलको निर्वाचन गर्ने तयारी छ ।