११ चैत्र २०७२, बिहीबार

नेपालमा महा विनाशकारी भूकम्प गएको एक बर्ष पुग्न लाग्यो । भूकम्पको एक बर्षमा गोरखाको बारपाकमा अर्को तरङ्ग आउने भएको छ । जुन भूकम्पको होईन, रेडियोको हो । केन्द्र तहमा भएका निर्णयहरु गाउँमा जानकारी नहुँदा अन्यौलता बढेको भन्दै स्थानीयहरु रेडियो खोल्न जुटेका हुन् ।

gorkha-barpak

रेडियो संचालनका लागि स्थानीयस्तरमा संचालन समिति गठन भइसकेको छ । बारपाक–४ को एक घरको कोठा भाडामा लिएर प्रशारण कक्ष (स्टुडियो) बनाउने काम सुरु भएको छ । समितिका अध्यक्ष रामकुमार घलेका अनुसार केही दिनभित्रमा रेडियोको परीक्षण प्रशारण सुरु हुनेछ । स्टुडियो निर्माणको काम सुरु भयो, उनले भने–सामान ल्याउने काम भैरहेको छ, केहि दिनभित्रै प्रशारण सुरु हुनेछ । गत बैशाख १२ गतेको गोरखा भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकमा रेडियो खुल्ने भएको छ ।स्थानीयको सक्रियतामा गोरखा सूचना तथा संचार सहकारी संस्था लिमिटेड ले बारपाकमा रेडियो संचालन गर्न लागेको हो ।खुलामन्च डट कममा खबर छ।   रेडियो सञ्चालन भएपछि यसअघि कटुवालले गर्दै आएका सूचनाको सञ्चार रेडियोले गर्नेछ । काठमाडौंका पूराना रेडियोकर्मी मधु आचार्यले बारपाकमा रेडियो सञ्चालन गर्न आवश्यक प्राविधिक सामग्री र आर्थिक सहयोग जुटाएका हुन् । करीब ३० लाखको रुपैंयाको लगानीमा रेडियो संचालन हुने सञ्चालक समितिले जनाएको छ । रेडियोको औपचारिक उद्घाटन बैशाख १२ कै दिन गरिनेछ ।

त्यसअघि परीक्षण प्रशारण हुने सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष तथा रेडियो गोरखाका स्टेशन म्यानेजर किशोरजंग थापाले जानकारी दिए । एक सय वाट क्षमताको रेडियो बारपाक, लाप्राक, सौरपानी, घ्याच्चोक, सिम्जुङ्ग, हंशपुर, मुच्चोक, छोप्राक, स्वाँरा, ताकुकोट, ताकुमाझ लाकुरीबोट, जौवारी, मसेल, गुम्दालगायत गोरखाको अधिकांश क्षेत्रमा सुन्न सकिने छ । सोलार ऊर्जाको प्रयोगले बारपाकमा रेडियो संचालन गर्न लागिएको हो । रेडियो संचालनका लागि संचालन समितिले सदस्यता आव्हान गरेको छ ।खुलामन्च डट कममा खबर छ।

LIVE TV