
सरकारी कार्यालयहरुको वेबसाइट ह्याक गर्ने १८ वर्षीय विकास पौडेल पक्राउ परेका छन् । तनहुँ घर भई बालाजु बस्ने उनी सिद्धार्थ बनस्थली क्याम्पसमा ११ कक्षाका विद्यार्थी हुन् । राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग विभागलगायत सरकारी कार्यालयको वेबसाइट ह्याक गरेको आरोपमा प्रहरीले पौडेललाई सोमबार पक्राउ गरेको हो । उनले दुई सयभन्दा धेरै साइट ह्याक गरिसकेको बताएका छन् ।
सरकारी कार्यालयहरुको वेबसाइट एकपछि अर्को गर्दै ह्याक भएपछि अन्तर्राष्ट्रिय ह्याकर सक्रिय रहेको प्रहरीको अनुमान थियो । तर, अनुसन्धानका क्रममा पौडेलले क्षयरोग , घरेलु, दुग्ध विकास संस्थान, दूरसञ्चार प्राधिकरणलगायत सरकारी निकायको वेबसाइट ह्याक गरेको खुलेको थियो , आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।