१० चैत्र २०७२, बुधबार

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणमा ‘लिपुलेक’को विषय उठाउन माग गर्दै नेकपा(क्रान्तिकारी माओवादी)सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु(क्रान्तिकारी)ले आज राजधानीमा प्रदर्शन गरेको छ ।

LIPU
सङ्गठनले माइतीघर मण्डलमा प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शन गरेको हो । सङ्गठनका अध्यक्ष रत्न ढकालले चीन भ्रमणमा प्रधानमन्त्रीले लिपुलेकको विषयलाई प्राथमिकता नदिएको भन्दै गुनासो गर्नुभयो ।
गत जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका सिलसिलामा नेपाली भूमि लिपुलेकलाई दुई देशले व्यापारिक मार्गका रुपमा विकास गर्ने सम्झौता भएपछि त्यसको विरोध हुँदै आएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV