१० चैत्र २०७२, बुधबार

काठमाडौँ, परजीवीबाट सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग उन्मूलनका लागि यो वर्षको औषधि सेवन अभियान सम्पन्न भएको छ ।

hatti_paile_127184745
अभियानअन्तर्गत ३४ जिल्लाका एक करोड २२ लाखलाई औषधि खुवाइएको छ । ६१ जिल्लामा यो रोगको सङ्क्रमण देखिएपछि सन् २००३ बाट औषधि सेवन कार्य सञ्चालन गरिएकामा २५ जिल्लामा औषधि खुवाउने कार्यक्रम सकिसकेको छ ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले आम औषधि सेवन कार्य दुई चरणमा गरी उत्साहपूर्ण ढङ्गले सम्पन्न भएको बताउनुभयो ।

कुष्ठरोगपछि सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगविरुद्ध विश्वमा गत वर्ष एक करोड ६८ लाख मानिसलाई यो रोगको औषधि खुवाइएको थियो ।

निर्देशक मरासिनीका अनुसार यो औषधि छ चरणसम्म खानुपर्छ । २५ जिल्लामा छ चरणसम्मै औषधि खुवाइसकिएको छ भने बाँकी जिल्लामा पनि औषधिको मात्रा पूरा हुने क्रममा छ ।

अभियान सञ्चालनका लागि १३ हजार ७८ स्वास्थ्यकर्मी र ६५ हजार ६७८ स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको थियो । रासस

 

LIVE TV