१० चैत्र २०७२, बुधबार

विराटनगर, कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीच तीन वर्षसम्म लागि सहमति र सहकार्य आवश्यक भएको बताउनुभएको छ ।

bijaya
सञ्चारकर्मीसँग आज भएको भेटघाटमा उहाँले सहमतिको सरकार बन्न नसक्ने स्थितिमा नेपाली काँग्रेसलगायत अन्य दलसँग मुलुक सञ्चालन र संविधान कार्यान्वयनका लागि सहकार्य गर्न सकिने बताउनुभयो ।

उहाँले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार काँग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्दै संविधान कार्यान्वयनमा सघाउनुपर्ने सुझाव दिनुभयो ।

उपप्रधानमन्त्री गच्छदारले अहिलेको सरकार ढल्ने सम्भावना नरहेको जिकिर गर्दै आलोपालो नेतृत्वका लागि वार्ता र छलफल गर्न आफूहरु तयार रहेको जानकारी दिनुभयो ।

मधेसवादी दलले संविधानको सीमाभित्रै रहेर वार्ता र सम्वादमार्फत समस्या टुङ्ग्याउनुपर्ने बताउँदै उहाँले आन्दोलन र विरोधका नाममा जनतालाई दुख दिन नहुने उल्लेख गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV