
काठमाडौँ, बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ आज कान्तिबाल अस्पतालमा गई जलेका बालबालिकाको उपचार गरिने वार्ड वर्न वार्ड जानु भई त्यहाँ उपचारत बालबालिकाको अवस्था बारेमा जानकारी लिनुभयो ।
नेपालको पाँचदिने औपचारिक भ्रमणको अन्तिम दिन ३२ वर्षीय राजकुमार ह्यारीले त्यहाँ उपचारत १६ बालबालिका तथा उनीहरुका अभिभावकसँग कुराकानीसमेत गर्नुभयो । ती बालबालिकामध्ये पाँच बालबालिका गत वैशाखमा गएको विनाशकारी भूकम्पले घर क्षति भएपछि अस्थायी बसोबासमा रहेको अस्पतालमा वरिष्ठ बालचिकित्सक आरपी चौधरीले जानकारी दिनुभयो ।
गम्भीर अवस्थामा जलेकी लाजिम्पाटकी आठ महिनाकी सौरभ लामाको स्वास्थ्य अवस्था र उनीको हाल भइराखेको उपचारका बारेमा जानकारी लिएपछि राजकुमार ह्यारी गम्भीर बन्नुभएको थियो । हात जलेकी लामाको हाल स्वास्थ्यस्थितिमा सुधार हुँदै गएको बालचिकित्सक चौधरीले जानकारी दिनुभयो ।
चिकित्सक चौधरीले जलेको उपचार गर्ने ९वर्न वार्ड० अन्य उपचारका तुलनामा पछि परेको बताउँदै यसलाई नीति निर्माता तथा सञ्चार क्षेत्रले समेत ओझेलमा पारेको बताउनुभयो ।
राजकुमार ह्यारीले अस्पतालका चिकित्सक, नर्स तथा बालबालिकाका आफन्तलाई आफ्ना भनाइ सुनाउनुभएको थियो ।
करिब २० मिनेटका लागि सयम दिने भनिए तापनि बालबालिकासित भलाकुसारी गर्न मन पराउने राजकुमार ह्यारीले सो वार्डमा ४५ मिनेट समय दिनुभएको थियो ।
रामेछापबाट शरीरको करिब ३५ प्रतिशत भाग जलि हाल सो अस्पतालमा उपचारत बालिका रोशनी थोलाङलाई राजकुमारले वात्सल्यता देखाउँदै उनका अभिभावकलाई आगोलगायत अन्य पोल्ने वस्तुबाट सजग रहन भन्नुभएको थियो ।
राजकुमार ह्यारीले बालबालिकालाई खेलौनासमेत वितरण गर्नुभएको थियो । रासस