
रसुवा – बिहानदेखि चलेको तीब्र गतिको हावाहुरीका कारण रसुवाको जनजीवन प्रभावित भएको छ । हावाहुरीका कारण भूकम्पले घर भत्किएर अस्थायी टहरामा बसेका पीडित थप समस्यामा परेका छन् ।
हावाहुरीका कारण सदरमुकाम धुन्चे लगायतका स्याफ्रु गोल्जुङ, गत्लाङ, चिलिमे लगायतका गाविसका मानिस बाहिर निस्कन सकेका छैनन् । हावाहुरी र हिजो बिहानदेखि लागेको डढेलोको विषयमा छलफल गर्न जिल्ला दैवी प्रकोप उद्दार समितिको आपतकालिन बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी एंव समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले आपतकालिन बैठक बोलाउनुभएको हो । आज बिहान ७ बजेदेखि चलेको तीब्र गतिको हावाहुरीका कारण रसुवाको उत्तर क्षेत्र बढी प्रभावित भएको छ ।
हावाहुरीका कारण समस्यामा परेकाको उद्दारका लागि नेपाली सेनाको नारायण दल गण धुन्चेको टोली सदरमुकाममा परिचालन भएको छ । गणपति बिक्रम गुरूङको नेतृत्वमा जोखिमलाई मध्यनजर गर्दै सेना परिचालित भएको हो ।