१० चैत्र २०७२, बुधबार

पोखरा, गोरखाका किसानले यसवर्ष रु २५ करोडको सुन्तला बिक्री गरेका छन् ।

download (1)
जिल्लामा पाँच हजार ८२७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत वीरेन्द्र धितालका अनुसार गत वर्षभन्दा यसवर्ष १० देखि १२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । त्यहाँ उत्पादन भएका सुन्तला काठमाडाँैं, नारायणगढ, मुग्लिन, आँबु खैरेनी लगायत बजारमा बिक्री गरिन्छ ।

किसानले यस वर्ष ६५५ हेक्टर क्षेत्रफलमा सुन्तला लगाएका थिए भने उनीहरुले प्रतिकिलो रु ४२ देखि रु १३० सम्ममा बिक्री गरेका थिए । जिल्लाका मनकामना, ताङ्लीचोक, देउराली, नारेश्वर, फिनामलगायत गाविस सुन्तलाका पकेटक्षेत्र मानिन्छन् ।

गोरखामा बर्सेनि पाँचवटा नर्सरीबाट चार लाखदेखि पाँच लाखसम्म सुन्तलाका बिरुवा उत्पादन गरी बिक्री गरिँदै आएको छ । त्यहाँ उत्पादित बिरुवा जिल्लाबाहेक काभ्रे, मकवानपुर, चितवन, गोरखा, लमजुङ तनहुँ, कास्की, पर्वत, स्याड्जा, बागलुङ, म्याग्दी, गुल्मी र अर्घाखाँचीमा समेत बिक्री गर्ने गरिएको बताइएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV