
ताप्लेजुङ, ताप्लेजुङ नगरपालिका– २ स्थित सल्लेरी भीरमा आज लागेको आगोबाट दुईवटा घर नष्ट भएका छन् ।
स्थानीयवासी चन्द्रकला मुखियाको घरमा आगलागी हुँदा घरमा रहेका लत्तापकडा, अन्नपात सबै जलेर सखाप भएको छ । नगरपालिकाको दमकल आइपुगे पनि अहिलेसम्म आगो नियन्त्रण गर्न नसकिएको स्थानीयवासी अर्जुन भारतीले जानकारी दिनुभयो । आगालागीबाट गाउँका करिब ३५ घर जोखिममा परेका छन् ।
दिउँसो १ बजे आगलागी भएको भए पनि समयमै दमकल नआइपुग्दा स्थानीय जनता आक्रोशित बनेका छन् । रासस