१० चैत्र २०७२, बुधबार

धनुषामा अपराधिक गतिविधिमा वृद्धि भएको छ । धनुषाको जनकपुरमा एक सातामा दुई जना बालकको अपहरण भएको छ ।

Photo0306

अपहरित दुई जनामध्ये आईतबार ७ चैत्र बिहान एकजना बालकको हत्या भएको छ । अर्को अपहरित बालकको अझै कुनै पत्तो लागेको छैन ।

शनिबार बिहान जनकपुर उपमहानगरपालिका वडा नं २६ मा असलम राईनका ५ वर्षिय छोरा अशरफ राईनको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी अपहरणमा परेको हुन सक्ने भन्दै परिवारजनले शनिबार अपरान्ह नै जिल्ला प्रहरी कार्यालय धनुषामा जानकारी गराएको थियो ।  आईतबार बिहान आफ्नै घर छेउको गहुँ खेतमा ५ वर्षिय अशरफको शव फेला परेको हो ।

पछिल्लो दिनमा जनकपुरबाटै दुई जना बालक अपहरणमा परेका हुन् । यसअघि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीकै परिवारजनबाट जनकपुर उपमहानगर पालिका १४ रजौलका १३ वर्षिय रितेश मिश्रको अपहरण भएको पीडित परिवारजनले दाबी गर्दै किटानी जाहेरी समेत दिएको थियो । तर प्रहरीले जाहेरी लिन अस्वीकार गर्दा पीडित परिवारले बाटो अवरोध गरेर विरोध नै प्रदर्शन गर्नुपरेको थियो । रितेश मिश्र अझै फेला परेको छैन् । न प्रहरीले रितेश मिश्रको अपहरण सम्बन्धी जाहेरी नै दर्ता गर्न मानेको छ । धनुषाका प्रहरी उपरिक्षक राहदत्त जोशीले घटना सम्बन्धमा अनुसन्धान भईरहेको र छिट्टै अभियुक्त फेला पर्ने बताउनुभएको छ ।

 

LIVE TV