१० चैत्र २०७२, बुधबार

काठमाडौँ- केही समययता दैनिक उतारचढाव आएको सुनको भाउ बुधवार सामान्य ओरालो लागेको छ ।

Gold-Final

बुधबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५ सयले घटेर ५५ हजार रुपैयाँमा कारोवार भएको हो ।

विगत एक महिनादेखि बढेको सुनको भाउ अझै केही समय घट्ने संकेत देखिएको छैन । अन्तरराष्ट्रिय बजारमा सुनमा लगानीमा आकर्षण बढेकोले सुनको भाउ घट्ने संकेत नदेखिएको हो । सोमवार सुन प्रतितोला ५५ हजार ५ सयमा कारोवार भएको थियो भने बुधबार पाँच सयले घटेर ५५ हजारमा कारोवार भएको छ । त्यसैगरी बुधवार चाँदीको भाउमा भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

स्थानीय बजारमा सुनको भाउ बढेपछि सुन किन्ने भन्दा बेच्ने ग्राहकको चहलपहल बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LIVE TV