१० चैत्र २०७२, बुधबार

काठमाडौँ, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग जर्मन वामपन्थी पार्टीका प्रतिनिधिले भेटवार्ता गरेका छन् ।

Germen-leader-with-prachanda
अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा नेपालको माओवादी आन्दोलन, संविधान निर्माण प्रक्रिया र एमाओवादीको पछिल्लो गतिविधिबारे जर्मन वामपन्थी पार्टीका प्रतिनिधिले जानकारी लिएको थियो ।

अध्यक्ष दाहालले नेपाली आफँैले शान्ति प्रक्रिया र संविधान निर्माणमा उल्लेख्य भूमिका खेलेको भन्दै आगामी दिनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रियालाई पूर्णता दिन लागिपरेको बताउनुभएको उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो ‘‘नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माणमा बिल्कुलै नौलो उदाहरण प्रस्तुत भएका छन् । सेना समायोजन र संविधानसभाबाट निर्माण भएको संविधान नेपाली जनताले अनुभूति गरेको नौला अनुभूति हुन् । नेपाली जनता आफैँले शान्ति प्रक्रियामा नौलो उदाहरण स्थापित गरेका छन् ।’’
आफ्नो पार्टीले उठाएका सबै विषय नयाँ संविधानमा पार्न नसकेपनि आधारभूतरुपमा जनताको पक्षमा संविधान लेखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले संसारको सबैभन्दा समावेशी संविधान जारी गर्न सकेकामा खुसी प्रकट गर्नुभयो ।

उहाँले मुलुक अब आर्थिक समृद्धितिर अगाडि बढ्ने बताउँदै देश विकासका लागि जलविद्युत्, पर्यटन र कृषिलाई मुख्य जोड दिन लागेको स्पष्ट पार्नुभयो । जर्मन वाम पार्टीका तर्फबाट श्रीमती हेइक हेन्ज्लले युरोपमा वाम आन्दोलनका बारेमा जानकारी गराउनुभएको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV