
पोखरा, राम्रो आलु उत्पादन हुने स्थानका रुपमा आफ्नो पहिचान बनाएको हेम्जामा चैत २३ गतेदेखि ३० गतेसम्म ‘साताँैं हेम्जा आलु महोत्सव’ हुने भएको छ ।
कृषि पर्यटनको विकासमा सहयोग पु¥याउँदै व्यावसायिक कृषिप्रति सर्वसाधारणलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको हो । कृषिको सबलीकरण, पर्यटन र जैविक विविधताको प्रचारप्रसार गरी कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न महोत्सव आयोजना गरिएको आयोजक विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीको भनाइ छ ।
पछिल्लो समय आलु गाउँको उपमा पाएको हेम्जाको आलुले राम्रो बजार लिन थालेसँगै यहाँका किसान आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् । हेम्जाको कुल क्षेत्रफल एक हजार ९७१ हेक्टर रहेको छ भने ६५० हेक्टरमा आलुखेती गरिन्छ । यहाँ एक हजार १५० घरपरिवार कृषिमा आधारित छन्, भने ६५० किसानले व्यावसायिक आलुखेती गर्ने गरेका बताइएको छ । रासस