१० चैत्र २०७२, बुधबार

काठमाडौँ- नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

cccfff-662x393

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार नेपाल र चीनले संयुक्त विज्ञप्ति जारी गरेका हुन ।

विज्ञप्तिमा १९५५ मा दुई देशबीच कुटनतिक सम्बन्ध स्थापना भएकोमा खुसी प्रकट गरिएको देखि चिनियाँ नेतृत्वलाई भ्रमणका लागि प्रधानमन्त्री ओलीले निम्तो दिएका विषयसमेत समेटिएका छन् । त्यसबीचमा पञ्चशील तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तबाट स्वस्थरुपमा सम्बन्ध अघि बढेको उल्लेख गरिँदै भिन्न आकार तथा फरक राजनीतिक प्रणली भएका मुलुकका लागि सम्बन्ध नमुना बन्न पुगेको बताइएको छ ।

विज्ञप्तिमा चीनले नेपालको नयाँ संविधानको स्वागत गरेको छ ।
नेपालको राजनीतिक स्थिरता र आर्थिक विकाशका लागि सहयोग गर्न चीन सहयोग गर्न तत्पर रहेको जनाएको छ ।

दुई देशले एक अर्काको स्थिरता , स्वाधिनता , स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै आपसी हित र चासोलाई संबोधन गर्ने संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेपालले एक चीन नीति प्रति आफ्नो प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपाल चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको दुई देशको ठहर छ ।

दुबै देशका लागि विकाश र सम्वृद्धिका लागि संभावनाका नयाँ ढोकाहरु खुलेको भन्दै आपसी समानता र हितका आधारमा दुबै देशका जनतालाई फाइदा पुग्ने गरि अघि बढ्ने संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल चीन व्यापारघाटा कम गर्न चीनले नेपाली वस्तुहरुलाई सहज रुपमा बजार उपलब्ध गराउने बताएको छ । दुबै देश इन्धन आयात सम्झौता गर्न चाँडै सहमत हुने भन्दै ग्वान्जाओमा महावाणिज्यदूतावास स्थापना गर्ने र भगिनी शहरको सम्बन्ध स्थापना गर्ने भनिएको छ । पोखराको विमानस्थल, सरसवागढी– काठमाडौ रेलवे, काठमाडौ–लुम्बिनी रेलवे परियोजनाका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइदिन नेपालले आग्रह गरेको छ ।

४४३ मेगावाट माथिल्लो अरुण जलविद्युत परियोजना, चारसय केभी सीमापार ट्रान्समिसनलाईन परियोजना, रसुवागढी–केरुङ सीमा नाका र १३२ केभी डबल सर्किट ट्रान्समिसन लाइन मोनोपाले संरचना, काठमाडौँ उपत्यकामा चक्रपथ भित्र निर्माण गर्न चीन समक्ष नेपालले प्रस्ताव गरेको छ ।

विस्तृत विवरणका लागि हेर्नुहोस्, विज्ञप्ति

china_nepal-agreement1 (1)

china_nepal-agreement2 (1)

 

 

 

 

LIVE TV