१० चैत्र २०७२, बुधबार

अदालतका भवनहरु सरकारले बनाउने निर्णयको प्रधानन्यायाधीश श्रेष्ठद्धारा खुशी व्यक्त, न्यायालयलाई जनउत्तरदायी र स्वच्छ राख्न कर्मचारीहरुलाई आग्रह

news3

काठमाडौँ- प्रधानन्याधीश कल्याण श्रेष्ठले बैशाख १२ गतेको महाभुकम्पले भत्काएका अदालतहरुको भवन निर्माणका लागि बिदेशी लगानीबाट नभई आफैले बनाउने सरकारको निर्णयले आफुहरु उत्साहित भएको बताउनुभएको छ ।

पुनराबेदन अदालत पाटनमा अवस्थित एनेक्स भवनको शिलान्यास गर्नुहुदै प्रधानन्याधीश श्रेष्ठले महाभुकम्पले भत्काएका अदालतहरुको पुननिर्माणको जिम्मा सरकारले लिएकोमा खुशी व्यक्त गर्नुभएको हो । उहाले जीर्ण बनेका अदालतको भवनहरुबाट राम्रोसँग काम हुन नसकेको स्वीकार्दै छिटो भवन निर्माण गर्ने तयारी भइरहेको बताउनुभयो । जग्गा प्राप्ति र आधुनिक भवनको डिजाइनका चरणहरुले धेरै समय बितेको प्रधानन्यायाधीश श्रेष्ठले स्वीकार्नुभयो ।

प्रधानन्याधिश श्रेष्ठले कर्मचारीका मागहरुका लागि गरिने बन्द र हडताल अदालत जस्तो सुसज्जित र अनुशासित परिवारका लागि नसुहाउने बताउनुभयो । न्याय क्षेत्रका कर्मचारीहरुको आन्दोलनतर्फ संकेत गर्दै उँहाले केहि कानुन व्यवसायीहरुले आफनो स्वार्थका लागि गरेको बन्दका कारण उनीहरुको जीत भएपनि अदालतको हार भएको बताउनुभयो । न्यायालयलाई आगामी दिनमा जिताउन र स्वच्छ राख्न पनि उहाँले सुझाव दिनुभयो ।

कानुनमन्त्री अग्नीप्रसाद खरेलले अदालतका लागि बन्ने भवनहरु सरकारको तर्फबाट आधुनिक डिजिटलाइज प्रविधियुतm बनाइने बताउनुभयो । उँहाले भवननिर्माणका लागि अदालतले गरेको बन्द र हडतालका गतिबिधीप्रति असन्तुष्टी जनाउनुहुदै जनताप्रति संवेदनशील हुन कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

पाटनको पुनराबेदन अदालतअन्तर्गत रहेका एनेक्स भवनका लागि करिब नौ रोपनीको जग्गा छुटटाइएको छ भने पैतिस करोडको लगानीमा आगामी दुई बर्ष छ महिनामा लगभग निर्माण हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV