१० चैत्र २०७२, बुधबार

काठमाडौँ- बेल्जियमको राजधानी ब्रसेल्समा भएका श्रृङ्खलावद्ध विस्फोटको  नेपालले भत्र्सना गरेको छ ।

foreign-affairs-ministry

परराष्ट्र मन्त्रालयले आज  विज्ञप्ति जारी गर्दै आक्रमणमा मानिसहरु मारिएको र घाइते भएकोमा दुःख ब्यक्त गर्दे आक्रमणको भत्र्सना गरेको हो ।

नेपाल सरकार जहिलेपनि जुनसुकै प्रकारको आतंकवादको भत्र्सना गर्दछ’ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा घटनाका दोषीलाई जति सक्यो छिटो कानुनी कठघरामा उभ्याइने विश्वास ब्यक्त गरिएको छ । साथै आक्रमणमा ज्यान गुमाउने मृतकप्रति समवेदना र  बेल्जियमका जनताको दुःखको यस घडीमा सहानुभूति पनि ब्यक्त गरिेएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV