१० चैत्र २०७२, बुधबार

काठमाडौँ- सरकारी तथा गैरसरकारी कार्यालयका वेवसाईट ह्याक गर्ने विकास पौडेल पक्राउ, दुई सय भन्दा बढि संघसंस्थाको वेवसाइटहरु ह्याक गरेको पौडेलको स्वीकारोक्ति ।

BIKAAS

बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका वेवसाईट ह्याक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालयका वेव साईट ह्याक भएपछि प्रहरीमा दिएको उजुरीका आधारम घटनामा संलग्न विकास पौडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वेवसाईडहरु ह्याक गर्ने ह्याकर्सको बारेमा प्रारम्भिक अनुसन्धान गर्दै जाँदा पौडेलले विभिन्न युजर नेममा ह्याक गरेको देखिन आएको थियो । थप अनुसन्धान गर्दै जाँदा पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा पौडेलले राष्ट्रिय क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, दुग्ध बिकास संस्थान, नेपाल दुरसंस्थानका केहि प्रयोगकर्ताहरुको विवरण एवं बिभिन्न शैक्षिक संस्थाहरु लगायत करिव दुई सय वटा वेवसाईटहरु ह्याक गरेको बयान दिएका छन्  १८ वर्षीय पौडेल तनहुँ बन्दिपुर घर भई बालाजु हाईटमा बस्दै आएका थिए ।

LIVE TV