१० चैत्र २०७२, बुधबार

रङहरुको पर्व होली आज तराईमा धुमधामका साथ मनाइदैं, सुनसरीको इटहरीमा आयोजित विशेष होली कार्यक्रमको न्युज २४ टेलिभिजनबाट प्रत्यक्ष प्रशारण 

Holi-celebration

काठमाडौँ- होली पर्वको दोस्रो दिन आज तराई क्षेत्रमा धुमधाम सहित मनाइँदैछ । तराई क्षेत्रमा मनाइने छठ पर्व पछिको महत्वपुर्ण पर्व होलीलाई लिइन्छ ।

तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । पहाडी क्षेत्रमा मनाइएको दोस्रो दिन एकाबिहानै मानिसहरु भेला भई होलीका रंगहरु सहित तराईमा होली पर्व मनाउँदै छन् । तराई क्षेत्रका विराटनगर, इटहरी, राजविराज, बुटवल, विरगन्ज, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर, जनकपुर जिल्लाहरुमा मनाइने भएको हो । होली मनाउन तराईमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।

HOLI IN TARAI

होली पर्व एकापसमा खुसीयाली प्रकट गर्दै सामूहिक रुपमा भेला भएर मनाइन्छ । होलीमा प्रयोग गरिने रङहरूको आ–आफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा होली पर्व मनाउने गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV