
ब्रसेल्स, बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल लगायतका ठाँउमा मङ्गलबार बिहान गराइएका शक्तिशाली विस्फोटमा परी कम्तिमा बीस जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका स्थानीय नगर प्रमुख यभान मेइयूरले मालभिक स्टेशनको दृष्य बताउनुभयो ।
घाइतेमध्ये कतिपयको अत्यन्तै गहिरा चोट लागेकोले मृतक सङ्ख्यामा अझै वृद्धि हुनसक्ने मेइयूरले बताउनुभयो ।
त्यस्तै, ब्रसेल्सको विमानस्थलमा भएका दुई अन्य विष्पोटमा ११ जनाको मृत्यु भएको र दुवै ठाउँमा गरी जम्मा ३१ जनाको मृत्यु भएको प्राप्त समाचारमा उल्लेख छ ।
मङ्गलबार बिहान दुई वटा शक्तिशाली विस्फोट भएका थिए । विमानस्थलको टर्मिनल भवनबाट धुवाँ उडिरहेको र त्यस घर वरिपरिको वातावरण अत्यन्तै तनावपूर्ण रहेको जानकारी ब्रसेल्सका टेलिभिजनहरुले देखाएका थिए ।
विमानस्थलमा सङ्कटकालीन अवस्थाको घोषणा गरी व्यापक मात्रामा प्रहरी परिचालन गरी थप घटना हुन र घटनामा सम्लग्न समूहको खोजी जारी राखिएको छ । रासस÷एएफपी