१० चैत्र २०७२, बुधबार

भद्रगोल टोली  हाँस्य टेलिश्रृंखला भद्रगोल टोलीले दर्शकहरुसँग नाचेर होली मनाएका छन् । राजधानीको सिनामंगल र गोंगबुमा कार्यक्रमको आयोजना गर्दै उनीहरुले दर्शकहरुसँग होली मनाएका हुन् । होली विशेष कार्यक्रममा कुमार कट्टेल (जिक्रि), अर्जुन घिमिरे (पाँडे), हरिस निरौला (कक्रोज), सागर लामीछिने (बले) लगायत सम्र्पूण टोली सहभागि थिए ।  उनीहरुले गाएको आई लभ यु बोलको गीतमा हाँस्य टेलिश्रृंखला भद्रगोलका सम्पूर्ण कलाकारको साथमा दर्शकहरु समेत झुमेका छन् । उक्त कार्यक्रममा अहिले चर्चामा रहेको आई लभ यु गीतको गायिका इन्दिरा जोशी र गायक सरोज ओली पनि उपस्थित थिए ।

12476548_1082035135176101_2100222480_n 12721987_1082035145176100_888432706_n

प्रतिक्रिया दिनुहोस्

LIVE TV