१० चैत्र २०७२, बुधबार

नेपाली फिल्मकर्मी र कलाकारहरुले यस पालीको होली पर्ब आ आफ्नै तरीकाले मनाएका छन् । नायिका रेखा थापाले गत बर्ष निर्देशक आकाश अधिकारी सँग संयुक्त रुपमा होलि पर्व मनाएका थिए । त्यस्तै यो बर्ष पनि आकाश र रेखाले निरन्तरता दिएका छन् । रेखा र आकाशले नेपाली फिल्म क्षेत्रका कलाकार र निर्देशकहरु लगाएतका फिल्मीकर्मीहरुलाई निम्त्याएर होलि मनाए । आकाश अधिकारी र रेखा थापाले संयुक्त रुपमा महाराजगंज स्थित रेड स्टुडियो प्राङगणमा आयोजना गरेका थिए । उनिहरुले आयोजना गरेका होलि पर्व कार्यक्रममा कलाकारहरु र फिल्म क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । होलिमा रेखाले रुद्राक्षको माला लगाएकी थिईन् । यस बर्षको होलि पर्बमा रेखा भिन्न भेषमा देखिईन् । निर्देशक आकाश अधिकारीको रिलीज हुन लागेको फिल्म के म तिम्रो होईन र छ, भने रेखा थापाको रामप्यारी रहेको  छ ।

akash adhikari2188629_1315909994460_1732024164_548555_5972584_n
त्यस्तै नायिका तथा निर्मात्रि करीस्मा मानन्धर र पति बिनोद मानन्धरले पनि पहिले जस्तै  होलिलाई निरन्तरता दिएका छन् । उनिहरुले पहिले देखिनै ललितपुर स्थित आफ्नै निवास होलि पर्ब मनाउँदै आएका छन् । करीस्मा र बिनोदको यस बर्षको होलि पनि उल्लासमय बन्यो । होलि पर्बकै दिन पति बिनोद मानन्धरको जन्म दिन परेको हुनाले करीस्मा र बिनोदको यो बर्षको होलि अझ बिशेष बन्यो । पहिलेको तुलनामा करीस्मा र बिनोदको निवासको होलिको रौनाक्य  बढ्दै गएको करीस्माले बताइन् । फिल्म क्षेत्रसँगै क लाकारहरु पनि बढिरहेको उनले बताउँछिन् । साथै होलिमा सबै सँग भेटिने हुनाले रमाईलो हुने पनि बताईन् । करीस्माले आयोजना गरेको होलि पर्बमा राजनितिज्ञ डा. बाबुराम भट्टराईले पनि उपस्थिति जनाउँदै होलि मनाए ।

kb karishma2 karishma1

निर्माता छबिराज ओझाले पनि आफ्नै तरीकाले होलि पर्बलाई निरन्तरता दिएका छन् । बिषेश गरी फिल्मकर्मीहरको होलि पर्ब बिषेशनै हुने गर्दछ । फिल्मकर्मीहरुले रिलीज गर्न लागेका आफ्नो फिल्मको बारेमा र गायक गायिकाहरुले बजारमा ल्याउन लागेका गीतहरुको बारेका पब्लिसिटि गर्नका लागि होलि पर्बमा उनिहरुको भागदौड हुने गर्दछ । तेस्तै यो बर्षको होलि पर्बमा पनि केहि फिल्मका निर्माता तथा कलाकारहरुले आफ्नो फिल्मको बारेमा जानकारी सँगै दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाए । प्रदर्शनरत फिल्म भाग सानी भाग र रिलीज हुन लागेका फिल्म बाटो मुनिको फुल २ को निर्माता तथा कलाकारहरुले दर्शकहरुलाई निकै मनोजञ्जन दिए ।

timthumb.php1021  timthumb.php rakha7 Nepali-Artist-Celebration-Holi-2015-30

प्रतिक्रिया दिनुहोस्

LIVE TV